शुक्रबार, श्रावण २९,२०८३ 08:58:04
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:58:04
Bizshala
Global IME Bank Limited

सपोर्ट लघुवित्तको नाफा १०४.८३% ले बढ्यो, ईपीएस ५१.८७ रुपैयाँ पुग्यो

Prabhu Bank Limited
सपोर्ट लघुवित्तको नाफा १०४.८३% ले बढ्यो, ईपीएस ५१.८७ रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको् दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको खुद ब्याज आम्दानीसँगै खुद नाफामा सुधार आएको छ। संस्थाले यो अवधिसम्म ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०४.८३ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्थाले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

CG Motors

संस्थाको खुद ब्याज आम्दानी पनि ७३.१९ प्रतिशतले बढेर ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड २१ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवमा ४ करोड ८७ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यस्तै रिटेन्ड अर्निङ पनि २ करोड ८७ लाखबाट बढेर ४ करोड ४० लाख पुगेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ। संस्थाको खराब कर्जा अनुपात १.७४ प्रतिशतबाट बढेर ३.१७ प्रतिशत पुगेको छ ।  

संस्थाले समीक्षा अवधिसम्म ५३ करोड ८५ लाख निक्षेप संकलन र २ अर्ब १४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ४० लाख र लाभांश क्षमता ३५.९६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)५१.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.०१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८३२.५२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३४.३७ गुणा र तरलता अनुपात १०.५६ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X