काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाद्वारा घोषित बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट( खातामा जम्मा गरिएको छ । संस्थाको गत पुस ६ गते सम्पन्न १० औं वार्षिक साधारणसभाबाट गत आवका लागि पारित १३.७७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।
सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङका अनुसार उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएस एण्ड क्लियरीङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको छ ।
यस्तै गत मंसिर १४ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा भएको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्टले जनाएको छ । उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशः जम्मा गरिने छ ।