काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सुमित अधिकारीको सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। संस्थाको सञ्चालक समितिको साउन १८ गते सोमबार अपराह्न ४ बजे बसेको २६६ औं बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक समिति समक्ष राजीनामापेश गरेका थिए ।
उक्त राजीनामा साउन १८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको संस्थाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।