बिहीबार, बैशाख ३,२०८३ 10:24:04
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 10:24:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा ५०.३२ करोड खुद नाफा आर्जन, लाभांश क्षमता १२.२७% पुग्यो

Bizshala
माछापुच्छ्रे बैंकद्वारा ५०.३२ करोड खुद नाफा आर्जन, लाभांश क्षमता १२.२७% पुग्यो
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको प्रथम त्रेमासमा ५० करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.१९ प्रतिशतले कम हो ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकको खुद नाफा ५४ करोड २२ लाख रुपैयाँ रहेको थियो । नाफामा गिरावट आएपनि बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले असोज मसान्तसम्म १ अर्ब ४८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ४१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी १०.२९ प्रतिशतले बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवको पहिलो त्रैमासम्म २.५६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.१५ प्रतिशत पुगेको छ ।  

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको रिजर्भको आकार ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।  समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँबराबर रहेको छ भने लाभांश क्षमतादर १२.२७ प्रतिशत पुगेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१७.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ, तरलता अनुपात २९.४९ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल १.१६ प्रतिशत रहेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.