सोमबार, चैत्र ११,२०८१ 09:12:01
IME remit
  • सोमबार, चैत्र ११,२०८१ 09:12:01
IME remit
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा ५०.३२ करोड खुद नाफा आर्जन, लाभांश क्षमता १२.२७% पुग्यो

Hyundai Nepal
माछापुच्छ्रे बैंकद्वारा ५०.३२ करोड खुद नाफा आर्जन, लाभांश क्षमता १२.२७% पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको प्रथम त्रेमासमा ५० करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.१९ प्रतिशतले कम हो ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकको खुद नाफा ५४ करोड २२ लाख रुपैयाँ रहेको थियो । नाफामा गिरावट आएपनि बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले असोज मसान्तसम्म १ अर्ब ४८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ४१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी १०.२९ प्रतिशतले बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवको पहिलो त्रैमासम्म २.५६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.१५ प्रतिशत पुगेको छ ।  

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको रिजर्भको आकार ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।  समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँबराबर रहेको छ भने लाभांश क्षमतादर १२.२७ प्रतिशत पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१७.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ, तरलता अनुपात २९.४९ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल १.१६ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.