शनिबार, असार १४,२०८२ 12:08:26
  • शनिबार, असार १४,२०८२ 12:08:26
Global IME Bank Limited

अघिल्लो आवमा घाटामा रहेको कृषि विकास बैंकले कमायो १९.०९ करोड नाफा, खराब कर्जा अनुपात घटाउन सफल

Hyundai Nepal
अघिल्लो आवमा घाटामा रहेको कृषि विकास बैंकले कमायो १९.०९ करोड नाफा, खराब कर्जा अनुपात घटाउन सफल
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमासम्म घाटामा रहेको कृषि विकास बैंकले पुनरागमन गरेको छ । बैंकले चालु आवको पहिलो त्रैमाससम्म १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंक ८८ करोड ८० लाख रुपैयाँ घाटामा थियो ।    

बैंकको खुद ब्याज आम्दानी भने २५.१८ प्रतिशतले घट्दै १ अर्ब ५४ करोड रुपेयाँमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ५७ करोड रहेको छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि ९० करोड २२ लाख रुपैयाँ छुट्टाएको छ । बैंकको कर्मचारीको सेवा सुविधाका लागि ९० करोड ७७ लाख र बैंकको अन्य सञ्चालन २५ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकको निक्षेप २ खर्ब अर्बबाट बढेर २ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि २ खर्ब १ अर्ब रहेको छ । बैंकले खराब कर्जा अनुपात पनि घटाउन सफल भएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५.३३ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ४.७८ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ३.२५ रुपैयाँ र रिटर्न अन इक्विटी १.३७ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.