काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २०८१ असार मसान्तसम्म भने कम्पनीले ५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको सञ्चालन मुनाफा भने ५७ करोड २७ लाख रुपेयाँबाट घटेर २० करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म २१ अर्ब ३४ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन असार मसान्तको तुलनामा ७४.५२ प्रतिशतले कम हो । असार मसान्तसम्म कम्पनीले ९ अर्ब २० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड १३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ८९ करोड रुपैयाँ र कुल चालु दायित्व ३ अर्ब ९८ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १९.९५ रुपैयाँ कायम भएको छ ।