बुधबार, श्रावण २०,२०८३ 10:06:05
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:06:05
Bizshala
Global IME Bank Limited

नेशनल लाइफको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, रिटेन्ट अर्निङ ५०% ले घट्यो

नेशनल लाइफको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, रिटेन्ट अर्निङ ५०% ले घट्यो
New Office

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १३ करोड २ लाख रुपैयाँको तुलनामा ६.२४ प्रतिशतले बढी हो ।  

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १८.१३ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।  

यो अवधिमा कम्पनीले ६ अर्ब ६९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । कम्पनीको खर्चमा केही बढोत्तरी आएको छ । अघिल्लो आवसम्म ५ अर्ब ३५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको कम्पनीको खर्च बढेर ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीले सेयर प्रिमियम शीर्षकमा २ करोड ७८ लाख रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो आवसम्म १ अर्ब २२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ घटेर ६१ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ । जुन ५०.०३ प्रतिशतले कम हो । कम्पनीको महाविपत्ती कोषको आकार ५८ करोड ३६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.४५ र मूल्य आम्दानी अनुपात ५९.३६ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.