सोमबार, श्रावण १८,२०८३ 11:28:15
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:28:15
Bizshala
Global IME Bank Limited

निफ्राले आर्जन गर्यो रु.३५.०९ करोड, आम्दानी र ईपीएसको कस्तो छ अवस्था ?

निफ्राले आर्जन गर्यो रु.३५.०९ करोड, आम्दानी र ईपीएसको कस्तो छ अवस्था ?
New Office

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले  समीक्षा अवधिसम्ममा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको खुद नाफामा १५.२२ प्रतिशतको गिरावट आएको छ ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि १९.८० प्रतिशतले घटेर ५६ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा भने कम्पनीले ७० करोड १५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  कम्पनीले १ करोड ३६ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।  

कम्पनीले समीक्षा अवधिसम्ममा ५० करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.२१ प्रतिशतले कम हो ।  

कम्पनीले समीक्षा अवधिसम्ममा २ अर्ब ४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन र २१ अर्ब ९५ करोड रुपैयाँ  कर्जा प्रवाह गरेको छ । रिजर्भ कोषमा कम्पनीले ३ अर्ब ३२ करोड रुपैयाँको सञ्चित गरेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.४७ गुणा,तरलता अनुपात १८७.९७ प्रतिशत र इक्युटिमा प्रतिफल ६.४८ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.