आईतवार, कार्तिक १,२०८३ 07:39:04
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 07:39:04
Bizshala
Global IME Bank Limited

ब्याज आम्दानी घट्दा कर्णाली डेभलपमेन्ट बैंक १.९८ करोड घाटामा, खराब कर्जा अनुपात ७.२७% पुग्यो

Bizshala
ब्याज आम्दानी घट्दा कर्णाली डेभलपमेन्ट बैंक १.९८ करोड घाटामा, खराब कर्जा अनुपात ७.२७% पुग्यो
New Office

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार यो अवधिमा बैंक १ करोड ९८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकले ४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

पहिलो त्रैमाससम्म बैंकले ९ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९७.४८ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ९३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १ करोड ३२ लाख रुपैयाँबराबर रहेको छ । त्यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत ८ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो अवधिसम्म बैंकको रिटेन्ड अर्निङ २० करोड ३४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ र रिजर्भको आकार १९ करोड ८ लाख रुपैयाँ धनात्मक रहेको छ । समीक्षा अवधिसम्म ५ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २० करोड ३४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४.७४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ७.२७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ३.९४ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात १६१.०३ गुणा ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९७.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १४२.८४ रुपैयाँ, र तरलता अनुपात ४५.०७ प्रतिशत रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X