काठमाण्डौ । अघिल्लो आवसम्म घाटामा रहेको शुभम् पावर लिमिटेडको खुद नाफा १९ लाख १८ हजार रुपैयाँले धनात्मक बनेको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले ६३ लाख ३७ हजार रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ ।
यो अवधिमा कम्पनीको प्रशासनिक खर्च ११ लाख ९९ हजार रुपैयाँ र वित्त खर्च ९ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङको आकार १ करोड ३२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ८ लाख रुपैयाँ र कुल चालु दायित्व २ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३.३९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.१६ रुपैयाँ,पीई रेसियो ८९६.३७ गुणा र तरलता अनुपात १.३१ प्रतिशत कायम भएको छ ।