शुभम पावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
काठमाण्डौ । शुभम पावर लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २६ गते काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा नगरेकाले सो सम्बन्धी कुनैपनि प्रस्ताव सभामा पेश हुने छैन ।

