शनिबार, श्रावण २,२०८३ 06:17:15
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 06:17:15
Bizshala
Global IME Bank Limited

विद्युत उत्पादन ठप्प हुँदा शुभम पावर घाटामा,रिटेन्ड अर्निङ २.२३ करोडले ऋणात्मक

विद्युत उत्पादन ठप्प हुँदा शुभम पावर घाटामा,रिटेन्ड अर्निङ २.२३ करोडले ऋणात्मक
New Office

काठमाण्डौ । शुभम पावर लिमिटेड ६४ लाख ४० हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीको तल्लो पिपुवा खोला जलविद्युत आयोजना गत असार २ गतेको बाढीले पूर्ण क्षति पुर्याएपछि विद्युत उत्पादन ठप्प हुँदा कम्पनी घाटामा गएको हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी ४१ लाख ४३ हजार रुपैयाँले नाफामा थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको परियोजना खर्च ९ लाख ९२ हजार र प्रशासनिक खर्च ९ लाख ५१ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ २ करोड २३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीको नगद मौज्जाद ३९ लाख ७६ हजार र अल्पकालिन कर्जा २ करोड २३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण)६.४४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८८.८३ रुपैयाँ,प्रतिसेयर  कुल सम्पत्तिको मूल्य १२०.१५ रुपैयाँ,पीई अनुपात ११०.०९ रुपैयाँ ऋणात्मक र तरलता अनुपात १.७३ गुणा कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.