शुक्रबार, श्रावण २२,२०८३ 02:23:36
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 02:23:36
Bizshala
Global IME Bank Limited

शुभम पावरको नाफा ३७७.२७% ले वृद्धि, इपीएस कति ?

शुभम पावरको नाफा ३७७.२७% ले वृद्धि, इपीएस कति ?
New Office

काठमाण्डौ । शुभम पावर लिमिटेडको नाफा ३७७.२७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा ११ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ५२ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ह्वात्तै बढेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो । गत आवको अन्त्यसम्म कम्पनीले बिजुली बेचेर २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ८२९.५४ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी २४ लाख रुपैयाँ मात्रै थियो । 

साथै कम्पनीको कुल इक्विटी २.७३ प्रतिशतले बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति १२.२४ प्रतिशतले घटेर २४ करोड १५ लाख रुपैयाँ सीमित भएको छ । २० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको रिटेन्ड अर्निङ ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने कम्पनीको लगानी ५ करोड १६ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी २.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९५.०५ रुपैयाँ, पीई रेसियो ३१७.०३ गुणा र तरलता अनुपात १.७३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.