शुक्रबार, श्रावण २९,२०८३ 09:10:50
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 09:10:50
Bizshala
Global IME Bank Limited

वित्त र प्रत्यक्ष खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर ६९.८१ लाख नाफा आर्जन गर्न सफल

Prabhu Bank Limited
वित्त र प्रत्यक्ष खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर ६९.८१ लाख नाफा आर्जन गर्न सफल
New Office

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  

यो अवधिमा कम्पनीको वित्त खर्चमा आएको कमी र आम्दानीमा समेत सुधार आउदा कम्पनीको नाफामा जान सफल भएको हो । कम्पनीले यो अवधिमा १ करोड ४३ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २३.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको वित्त खर्च १ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।   

CG Motors

यस्तै कम्पनीको प्रत्यक्ष खर्च पनि ६१.९६ प्रतिशतले घटेर १५ लाख ७६ हजार रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ४.४१ प्रतिशतले बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीले कर्मचारीका लागि १४ लाख ४५ हजार रुपैयाँ र अन्य सञ्चालनका लागि २४ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको रिजर्भ फण्ड २९ करोड ८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५६ करोड १० लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.६४ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात १०४.२० गुणा , प्रतिसेयर नेटवर्थ १०.४५ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८८.८८ रुपैयाँ र तरलता अनुपात ०.२० प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X