आम्दानीमा वृद्धि र खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावरको घाटामा कमी
काठमाण्डौ । आम्दानी बढेसँगै र खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ लाख ५४ हजार रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ९१ लाख रुपैयाँ घाटामा थियो । यो अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.९५ प्रतिशतले बढी...