आईतवार, असार १४,२०८३ 07:58:39
Bizshala
  • आईतवार, असार १४,२०८३ 07:58:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दिव्यश्वरी हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव

Laxmi Sunrise Bank Limited
दिव्यश्वरी हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । वैशाख २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७९÷८० र आव २०८०÷८१ को साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी जेठ २२ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आव २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गारी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८० र २०८०/८१ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको रिक्त रहेको सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.