काठमाण्डौ । आम्दानी बढेसँगै र खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ लाख ५४ हजार रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ९१ लाख रुपैयाँ घाटामा थियो ।
यो अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.९५ प्रतिशतले बढी हो । कम्पनीको प्रत्यक्ष खर्च ७७ लाख ३३ हजारबाट घटेर ५७ लाख १७ हजारमा सीमित बनेको छ ।
यस्तै कम्पनीको अन्य सञचालन तथा प्रशासनिक खर्च समेत ६९ लाख ३३ हजारबाट घटेर ५३ लाख ५१ हजारमा खुम्चिएको छ । वित्त खर्च पनि ६ करोड ८८ लाखबाट घटेर ४ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको रिजर्भ फण्ड २५ करोड ५० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५४ करोड ६७ लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.७३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३.४० रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८४.९३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १८९.६० गुणा ऋणात्मक र तरलता अनुपात ०.१८ प्रतिशत कायम भएको छ ।