शनिबार, श्रावण ९,२०८३ 05:51:08
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:51:08
Bizshala
Global IME Bank Limited

घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर ५७.८४ लाख नाफा आर्जन गर्न सफल

घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर ५७.८४ लाख नाफा आर्जन गर्न सफल
New Office

काठमाण्डौ । घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर चालु आवको तेस्रो त्रैमाससम्म नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ८४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३१ लाख ३३ हजार रुपैयाँ घाटामा थियो ।

विद्युत बिक्री आम्दानी बढेसँगै र वित्त खर्चमा कमी आएसँगै कम्पनी नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले उक्त अवधिमा विद्युत बिक्रीबाट ७ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्री गरेर ६ करोड ९६ लाख आर्जन गरेको थियो ।

यस्तै कम्पनीको वित्त खर्च ३ करोड ५८ लाखबाट घटेर ३ करोड ७ लाखमा सीमित बनेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च समेत ३८ लाख २३ हजारबाट घटेर ३७ लाख ६६ हजारमा सीमित बनेको छ ।

यद्यपी कम्पनीको रिजर्भ भने २५  करोड ६ लाख रुपैयाँले ऋणात्मक बनेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५.५९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८३.८३ रुपैयाँ र तरलता अनुपात ०.१५ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.