सोमबार, भाद्र १,२०८३ 04:31:23
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 04:31:23
Bizshala
Global IME Bank Limited

अरुण भ्याली हाईड्रोपावर आम्दानी बढाउन र खर्च घटाउन सफल, नाफामा ७२०.५२% को उछाल

अरुण भ्याली हाईड्रोपावर आम्दानी बढाउन र खर्च घटाउन सफल, नाफामा ७२०.५२% को उछाल
New Office

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आम्दानी बढाउँदा र खर्च घटाउदा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७२०.५२ प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले  विद्युत बिक्रीमार्फत ७ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८५.५७ प्रतिशतले धेरै हो ।  

Bizshala
CG Motors

यस्तै, कम्पनीले यो अवधिमा ११ करोड २१ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । अघिल्लो आवको पहिलो त्रैमाससम्म ६ करोड ५६ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवको सोही अवधिसम्म भने ३ करोड ६९ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यसरी कम्पनीले ४३.६३ प्रतिशतले खर्च घटाएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ८३ करोड र कुल चालु दायित्व २४ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्र्वद्र्धन गरिरहेको माथिल्लो काबेली २ बुदुमखोला जलविद्युत आयोजनाको विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति पत्र प्राप्त गरी दुवै आयोजनाको विद्युत खरिदबिक्रीका लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिइएको कम्पनीले जनाएको छ ।  

यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०६.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.८४ गुणा र तरलता अनुपात ७.५६ प्रतिशत कायम भएको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.