बुधबार, माघ ३०,२०८१ 06:59:55
IME remit
  • बुधबार, माघ ३०,२०८१ 06:59:55
IME remit
Global IME Bank Limited

घोराही सिमेन्टको घाटा १५८% ले चुलियो, ईपीएस ११.२५ रुपैयाँले ऋणात्मक

Hyundai Nepal
घोराही सिमेन्टको घाटा १५८% ले चुलियो, ईपीएस ११.२५ रुपैयाँले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५१ करोड ३७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।  

यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १५८.४० प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीको घाटा १९ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।  

कम्पनीले यो अवधिमा बिक्रीमार्फत ६६ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ८८ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ लाख ५८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च ४ करोड ९९ लाख रुपैयाँ, ह्रासकट्टी खर्च १७ करोड १६ लाख र वित्त खर्च २५ करोड २४ लाख रुपैयाँबराबर रहेको छ । सिमेन्ट उद्योगमा मागभन्दा बढी उत्पादन भएकाले प्रतिस्पर्धातक अवस्थामा बिक्रीमा अपेक्षाकृत वृद्धि नभएकाले कम्पनीको आम्दानी घटेसँगै कम्पनी घाटामा गएको देखिन्छ । 

यस्तै यस अवधिको युनिट १ को ब्याज खर्च सो युनिटले उत्पादन गरिसकेकाले आयकर ऐन बमोजिम ब्याज खर्चमा मात्र लेखांकन गरिएको साथै सो युनिटको ह्रास खर्चलाई नाफा÷नोक्सानमा लेख्नुपर्ने प्रावधान रहेकाले जम्मा नोक्सानी बढ्न गएको कम्पनीले जनाएको छ ।  

Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब ८० करोडबाट घटेर १ अर्ब ६७ करोडमा सीमित बनेको छ । कम्पनीको अन्य रिजर्भ ७ करोड ९० लाख र सेयर प्रिमियम २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.२५ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १९६.६३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५१०.२३ रुपैयाँ र तरलता अनुपात ०.७८ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X