घोराही सिमेन्ट इण्डष्ट्रिको रजिष्टर्ड कार्यालय स्थानान्तरण हुने
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडको रजिष्टर्ड कार्यालय स्थानान्तरण हुने भएको छ। कम्पनीले जनाए अनुसार हाल काठमाण्डौ महानगरपालिका–११, थापाथलीस्थित ट्रेड टावरमा रहेको रजिष्टर्ड कार्यालयलाई काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्सको चौथो तल्लामा सारिने भएको हो।

