काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले गत आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि यही मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
कम्पनीले आगामी पुस १४ गते दाङमा रहेका होटल पौवामा चौथो बार्षिक साधारण सभा आयोजना गर्दैछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।