बिहीबार, बैशाख ३१,२०८३ 07:15:57
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:15:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घोराही सिमेन्ट ५५.४३ करोड घाटामा, आम्दानी १४८% ले बढ्यो

Laxmi Sunrise Bank Limited
घोराही सिमेन्ट ५५.४३ करोड घाटामा, आम्दानी १४८% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड अझै घाटामा रहेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म पनि कम्पनी ६४ करोड २५ लाख रुपैयाँ घाटामै थियो ।  

यसरी एक वर्षको अवधिमा कम्पनीको घाटामा १३.७२ प्रतिशतको कमी आएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको खुद आम्दानी बढेकाले घाटामा केही कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म ७१ करोड ७९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।  

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च १९ करोड ७९ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ५० करोड २६ लाख र वित्त खर्च ६८ करोड ८७ लाख रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीको रिटेन्ड अर्निङ ४६.२३ प्रतिशतले घटेर १ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको  सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १२.१४रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १९०.८० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०८.२० रुपैयाँ र तरलता अनुपात ०.७९ प्रतिशत कायम भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.