काठमाण्डौ । घोराही सिमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
१० प्रतिशत बोनस सेयरका लागि भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४१४.६४ रुपैयाँ निर्धारण भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५६.१० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।