काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले यो अवधिसम्म ८५ लाख ७० हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सौही अवधिसम्ममा भने कम्पनीले २ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको आम्दानी ४४ लाख ६५ हजार रुपैयाँ रहेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको आम्दानी ८ करोड ५४ लाख रुपैयाँ थियो। यसरी कम्पनीको आम्दानी ९४.७७ प्रतिशतले घटेको छ ।
कम्पनीले अन्य स्रोतबाट ३ लाख ७७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४३ लाख १२८ हजार रुपैयाँ थियो। कम्पनीको कर्मचारी खर्च २६ लाख ८१ हजार रुपैयाँ, ह्रासक्ट्टी खर्च ३६ लाख ३५ हजार र अन्य खर्च ३४ लाख २४ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीले २८ लाख २८ हजार रुपैयाँबराबरको वित्त खर्च गरेको छ ।
चुक्तापुँजी ५९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ७ लाख ७८ हजार रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.४३ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९९.३२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२७.८८ रुपैयाँ र पीई रेसियो ७६६.५७ गुणा कायम भएको छ ।