कालिञ्चोक दर्शनकी सेयरधनी गीता उप्रेतीले ७८ हजार कित्ता सेयर बिक्री गर्ने
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडकी आधारभूत सेयरधनी गीता उप्रेतीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएकी छिन्।कम्पनीका अनुसार उप्रेतीले आफ्नो स्वामित्वमा रहेको ७८ हजार ७५० कित्ता सेयर बिक्री गर्न निवेदन दिएकी छिन्। सोही निवेदनका आधारमा कम्पनीले सेयर बिक्रीसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो।

