शुक्रबार, आश्विन २,२०८३ 11:23:33
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 11:23:33
Bizshala
Global IME Bank Limited

लकइन खुल्नासाथ कालिञ्चोक दर्शनका संस्थापकमा सेयर बेच्ने होड, १६.५५ लाख कित्ता बजारमा आउँदै

लकइन खुल्नासाथ कालिञ्चोक दर्शनका संस्थापकमा सेयर बेच्ने होड, १६.५५ लाख कित्ता बजारमा आउँदै
New Office

काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडको लकइन अवधि समाप्त भएसँगै संस्थापक तथा आधारभूत सेयरधनीहरू ठूलो परिमाणमा सेयर बिक्री गर्ने तयारीमा जुटेका छन्।

कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएका पाँचवटा छुट्टाछुट्टै सूचनाअनुसार सात आधारभूत सेयरधनीले कुल १६ लाख ५५ हजार २०९ कित्ता सेयर बिक्री गर्ने मनसाय देखाएका छन्।

सबैभन्दा धेरै गुरु प्रसाद अधिकारीले ६ लाख १ हजार २३० कित्ता सेयर बिक्री गर्ने जानकारी दिएका छन्। त्यस्तै, रमेश राज शिवाकोटीले दुई खातामा रहेको कुल ४ लाख ५० हजार १६६ कित्ता, हरिश चटौतले १ लाख ५७ हजार ५०० कित्ता र रविन शिवाकोटीले १ लाख ५७ हजार ५६३ कित्ता बिक्री गर्ने तयारी गरेका छन्।

यसैगरी, थानेश्वर बस्यालले १ लाख १५ हजार ५०० कित्ता, सुजन उप्रेतीले ९४ हजार ५०० कित्ता र गीता उप्रेतीले ७८ हजार ७५० कित्ता सेयर बेच्ने मनसाय कम्पनीलाई जानकारी गराएका छन्।

Shivam Cement
Bizshala
CG Motors

कुल सेयरको २६ प्रतिशतभन्दा बढी

कालिञ्चोक दर्शनको नेप्सेमा कुल ६३ लाख कित्ता सेयर सूचीकृत छ। यस आधारमा संस्थापकहरूले बिक्री गर्न खोजेको सेयर कम्पनीको कुल सूचीकृत सेयरको करिब २६.२७ प्रतिशत हो। कम्पनीको चुक्तापूँजी ६३ करोड रुपैयाँ रहेको छ।

अंकित मूल्यका आधारमै बिक्री गर्न खोजिएको सेयरको मूल्य १६ करोड ५५ लाख रुपैयाँभन्दा बढी हुन्छ। बजार मूल्यमा गणना गर्दा यसको आकार अझ ठूलो हुने देखिन्छ।

Muktinath Bikas Bank Limited

धितोपत्रसम्बन्धी कानुनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअगावै जानकारी गराउनुपर्छ। सूचनामा सम्बन्धित सेयरधनीहरूले आगामी तीन महिनाभित्र दोस्रो बजारमार्फत सेयर बिक्री गर्ने आशय व्यक्त गरेका छन्।

एकैपटक कम्पनीको कुल सेयरको एकचौथाइभन्दा बढी सेयर बिक्रीको तयारी हुनुलाई लगानीकर्ताले चासोका साथ हेर्ने देखिन्छ। यति ठूलो आपूर्ति दोस्रो बजारमा आएमा कम्पनीको सेयर मूल्यमा दबाब पर्न सक्ने जोखिम रहन्छ। यद्यपि बिक्रीको मनसाय सार्वजनिक हुँदैमा सबै सेयर तत्काल वा अनिवार्य रूपमा बिक्री हुन्छन् भन्ने निश्चित हुँदैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.