काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडकी आधारभूत सेयरधनी गीता उप्रेतीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएकी छिन्।
कम्पनीका अनुसार उप्रेतीले आफ्नो स्वामित्वमा रहेको ७८ हजार ७५० कित्ता सेयर बिक्री गर्न निवेदन दिएकी छिन्। सोही निवेदनका आधारमा कम्पनीले सेयर बिक्रीसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो।
नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको कुल सेयरमध्ये ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै नेप्सेलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
उक्त व्यवस्थाबमोजिम कम्पनीले उप्रेतीको सेयर बिक्रीसम्बन्धी जानकारी नेप्सेलाई गराएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।