काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३३ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको आम्दानीमा समेत ९०.४६ प्रतिशतको कमी आएको छ । अघिल्लो आवमा ७ करोड ६३ लाख रहेको कम्पनीको आम्दानी ७२ लाख ८७ हजारमा सीमित बनेको छ ।
यो अवधिमा कम्पनीले ४ लाख ५९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कर्मचारी खर्च २८ लाख ९६ हजार , ह्रासकट्टी खर्च ३५ लाख ६१ हजार, अन्य खर्च १ करोड ११ लाख र वित्त खर्च २६ लाख ४५ हजार रहेको छ ।
कम्पनीको रिजर्भ कोषमा २ करोड ८५ लाख रुपैयाँ सञ्चित रहेकाके छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.५६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०४.८२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२९.०७ रुपैया र चालु अनुपात ०.९२ प्रतिशत कायम भएको छ ।

