शनिबार, श्रावण २,२०८३ 04:05:03
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:05:03
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्न कालिञ्चोक दर्शनले डाक्यो एजीएम, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

लाभांश पारित गर्न कालिञ्चोक दर्शनले डाक्यो एजीएम, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
New Office

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश पारित गर्न साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस १५ गते ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभा काठमाण्डौको गौशालामा रहेको बद्रिनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

पूँजीवृद्धि तथा बोनस सेयर वितरणपश्चात शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछ ।  

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।    

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.