बिहीबार, आश्विन १,२०८३ 05:03:04
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 05:03:04
Bizshala
Global IME Bank Limited

कालिञ्चोक दर्शनको आम्दानीमा ३६८% को उछाल, घाटाबाट बाहिरिँदै १.१९ करोड नाफा आर्जन

कालिञ्चोक दर्शनको आम्दानीमा ३६८% को उछाल, घाटाबाट बाहिरिँदै १.१९ करोड नाफा आर्जन
New Office

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड १९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३३ लाख ८६ हजार रुपैयाँ घाटामा थियो ।

कम्पनीको आम्दानी उल्लेख्य वृद्धि भएसँगै कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । यो अवधिका कम्पनीको आम्दानी पनि ३६८.७५ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिमा ३ करोड ४१ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

यस्तै कम्पनीले ५ लाख ३५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिमा कम्पनीको वित्त खर्च बढेको छ । अघिल्लो आवमा १६ लाख ३४ हजार रहेको कम्पनीको वित्त खर्च बढेर २९ लाख ५५ हजार पुगेको छ ।

यो अवधिमा कम्पनीको रिजर्भ पनि बढेर ४ करोड ३९ लाख पुगेको छ । अघिल्लो आव कम्पनीको रिजर्भ २ करोड ८५ लाख रुपैयाँ थियो ।

Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.३६, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०.६३, मूल्य आम्दानी अनुपात १९७.७७ गुणा र तरलता अनुपात ०.९८ प्रतिशत कायम भएकोृ छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.