काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडका आधारभूत सेयरधनी उमेश राज शिवाकोटीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन् ।
कम्पनीका अनुसार शिवाकोटीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ५० हजार १६६ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन् । सोही निवेदनका आधारमा कम्पनीले सेयर बिक्रीसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो ।
नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको कुल सेयरमध्ये ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै नेप्सेलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
उक्त व्यवस्थाबमोजिम कम्पनीले शिवाकोटीको सेयर बिक्रीसम्बन्धी जानकारी नेप्सेलाई गराएको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।