बिहीबार, आश्विन १,२०८३ 05:07:43
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 05:07:43
Bizshala
Global IME Bank Limited

कालिञ्चोक दर्शनको नाफा २९८% ले बढ्यो, रिजर्भको आकार पनि १६४.६६% ले वृद्धि

कालिञ्चोक दर्शनको नाफा २९८% ले बढ्यो, रिजर्भको आकार पनि १६४.६६% ले वृद्धि
New Office

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आम्दानी आएको सुधारका कारण नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँबराबर आम्दानी गरेको छ । कम्पनीले आर्जन गरेको यो रकम अघिल्लो आवको तुलनामा ९३.६८ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आम्दानीमा आएको सुधारको प्रभाव कम्पनीको नाफामा देखिएको छ । कम्पनीको नाफा समीक्षा अवधिमा २९८.२४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४७ लाख ४६ हजार रहेको कम्पनीको खुद नाफा १ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।  

यो अवधिमा कम्पनीले ५ लाख ९४ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ । कम्पनीको कर्मचारी खर्च ९८ लाख ४५ हजार, हा्रसकट्टी खर्च १ करोड ८ लाख, अन्य खर्च ८८ लाख २१ हजार र वित्त खर्च ७३ लाख २२ हजार रहेको छ ।  

Muktinath Bikas Bank Limited

रिजर्भको आकार १६४.६६ प्रतिशतले बढ्दै २ करोड २७ लाख पुगेको छ ।  

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस १.५८ रुपैयाँबाट बढेर ४.२० रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १०३.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०.५८ रुपैया र चालु अनुपात २.१२ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.