काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाख कित्ता बढी सेयरको लक इनन अवधि आगामी माघ महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ४९ लाख ४१ हजार ६ सय कित्ता सेयरको लक इन अवधि माघ १७ गते समाप्त हुन लागेको हो ।
उक्त अवधिमा कम्पनीको संस्थापक समूहको ४८ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको २१ हजार ६ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको १ लाख २० हजार कित्ता रहेको छ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत छ ।

