सोमबार, फाल्गुन ४,२०८२ 05:50:06
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 05:50:06
Bizshala
Global IME Bank Limited

बुटवल पावरको विद्युत बिक्री आम्दानी र नाफा दुवै बढ्यो

बुटवल पावरको विद्युत बिक्री आम्दानी र नाफा दुवै बढ्यो
Shivam Cement

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ कमाएको थियो । कम्पनीको अन्य आम्दानी घटेको छ । अघिल्लो आवमा २ करोड १६ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ८९ लाख ४५ हजार अन्य आम्दानी गरेको छ ।    

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको साधारण खर्च ६ करोड ६८ लाख, वितरण खर्च ३ करोड ९९ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड ३ लाख र वित्त खर्च ८८ लाख ३१ हजार रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीले २ लाख २५ हजार रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ ।    

३ अर्ब ४० करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ५९ करोड र कुल चालु दायित्व ५७ करोड ७० लाख रुपेयाँ छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)त्रैमासिक २.४९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६५.०६ गुणा र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.