बिहीबार, श्रावण २८,२०८३ 03:05:43
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 03:05:43
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?

Prabhu Bank Limited
एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया सेलेक्ट ३०,एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको गत आव २०८१/८२ का लागि लाभांश घोषणा गरिएको हो ।  

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा तथा बुक क्लोज मिति तय गरेको हो । जसअन्तर्गत एनआईसी एशिया सेलेक्ट ३० का लागि ८.६५ प्रतिशत,एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागि १०.१० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लागि ९.९० प्रतिशत (कर सहित( प्रतिफल प्रदान गर्ने निर्णय भएको छ ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले यी ३ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ यही साउन २९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ साउन २८ गतेसम्म कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।  

यी सबै बन्दमुखी योजना हुन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.