शुक्रबार, आश्विन २४,२०८२ 09:35:25
IME remit
  • शुक्रबार, आश्विन २४,२०८२ 09:35:25
IME remit
Global IME Bank Limited

१४ बैंकको लाभांश घोषणा हुन बाँकी, क्षमता अनुसारकै देलान् त ?

Hyundai Nepal
१४ बैंकको लाभांश घोषणा हुन बाँकी, क्षमता अनुसारकै देलान् त ?
Shivam Cement

काठमाण्डौ । हालसम्म ५ वाणिज्य बैंकले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । विशेषगरी सेयरबजारका लागि असोज र कात्तिक महिना लाभांश सिजन मानिएपनि हालसम्म ५ बैंकले मात्रै लाभांश घोषणा गरेका छन् ।  

जसमा एभरेष्ट बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र माछापुच्छ्रे बैंक छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लगानीकर्ताका लागि सबैभन्दा पहिला लाभांश घोषणा गर्नेमा वाणिज्य बैंकहरु पर्दछन् ।  

अझैपनि १४ बैंकको लाभांश घोषणा हुन बाँकी छ । त्यसमध्ये पनि चारवटा बैंकको अवस्था भने कुनै खालको लाभांश बाँड्न नसक्ने स्थिति छ । गत आवको वित्तीय विवरणको आधारमा एनआइसी एशिया बैंक, हिमालयन बैंक, कुमारी बैंक र नेपाल बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएकाले यस वर्ष उक्त बैंकहरुले कुनै खालका लाभांश बाँड्ने छैनन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाँकी १० बैंकले भने केही प्रतिशत भएपनि लाभांश घोषणा गर्न सक्नेछन् । हालसम्म लाभांश सम्बन्धि निर्णय गरिसकेका ५ बैंकमा अधिकांशले वितरणयोग्य मुनाफाको आधारमा लाभांश प्रस्ताव गरेका छैनन् । बैंकहरुले छुट्याएको वितरणयोग्य मुनाफाको आधारमा देखाइएको लाभांश क्षमता भन्दा प्रस्तावित लाभांश न्युन रहेको छ ।  

हालसम्म सबैभन्दा धेरै लाभांश घोषणा गरेको एभरेष्ट बैंकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद रहेको छ । वित्तीय विवरणअनुसार बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत रहेको छ, तर बैंकले क्षमताको आधारमा प्रस्तावित लाभांश आधा नै घटाएको छ । 

 

त्यस्तै, सानिमा बैंकको लाभांश क्षमता २० प्रतिशत रहेपनि लगानीकर्ताका लागि जम्मा ७.३६८५ प्रतिशत मात्रै नगद लाभांश प्रस्ताव गरेको छ । जुन यो क्षमता भन्दा धेरै कम हो ।  

यता सिद्धार्थ बैंकले पनि ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको लाभांश क्षमता भने १३.२२ प्रतिशत रहेको छ ।  

त्यस्तै, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश भने क्षमता अनुसारको रहेको छ । सिटिजन्स बैंकले ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने माछापुच्छ्रे बैंकले कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यी बैंकहरुको लाभांश क्षमता क्रमशः ५.२५ प्रतिशत र ९.२३ प्रतिशत रहेको छ ।  

विगतका वर्षहरुमा वाणिज्य बैंकहरुले क्षमताकै आधारमा लाभांश बाँडेका छैनन् । सीमित बैंकहरुले मात्रै क्षमताकै हाराहारीमा लाभांश वितरण गरेको देखिएपनि त्यस्ता बैंकहरुले बढी नगद लाभांशमै जोड दिएका छन् । अझैपनि १० बाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ । उक्त बैंकहरुले क्षमता अनुसारकै लाभांश दिएपनि बढी नगदमै जोड दिने देखिन्छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.