मंगलवार, फाल्गुन ५,२०८२ 04:31:13
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 04:31:13
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफको बम्पर लाभांश घोषणा,बोनसपश्चात हकप्रद जारी गर्ने

सन नेपाल लाइफको बम्पर लाभांश घोषणा,बोनसपश्चात हकप्रद जारी गर्ने
Shivam Cement

काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । 

कम्पनीले बोनस सेयरपश्चात हकप्रद सेयर समेत जारी गर्ने घोषणा गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले गत आ.व.का लागि २३.८० प्रतिशत बोनस सेयर र ४ करोड ८४ हजार २११ रुपैयाँबराबरको नगद लाभांश(कर प्रयोजनका लागि) घोषणा गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँ छ । घोषित बोनस सेयर वितरणपछि ३ अर्ब ९६ करोड पुग्नेछ ।  

यस्तै, कम्पनीले बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजीको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद जारी गर्ने जनाएको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद जारी गर्न बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।   

बोनस र हकप्रद सेयर जारी गरेर कम्पनीले बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब चुक्तापूँजी पुर्याउने रणनीति अपनाएको देखिएको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.