शुक्रबार, असार १३,२०८२ 04:03:02
  • शुक्रबार, असार १३,२०८२ 04:03:02
Global IME Bank Limited

सन नेपाल लाइफको बम्पर लाभांश घोषणा,बोनसपश्चात हकप्रद जारी गर्ने

Hyundai Nepal
सन नेपाल लाइफको बम्पर लाभांश घोषणा,बोनसपश्चात हकप्रद जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । 

कम्पनीले बोनस सेयरपश्चात हकप्रद सेयर समेत जारी गर्ने घोषणा गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले गत आ.व.का लागि २३.८० प्रतिशत बोनस सेयर र ४ करोड ८४ हजार २११ रुपैयाँबराबरको नगद लाभांश(कर प्रयोजनका लागि) घोषणा गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँ छ । घोषित बोनस सेयर वितरणपछि ३ अर्ब ९६ करोड पुग्नेछ ।  

यस्तै, कम्पनीले बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजीको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद जारी गर्ने जनाएको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद जारी गर्न बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।   

बोनस र हकप्रद सेयर जारी गरेर कम्पनीले बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब चुक्तापूँजी पुर्याउने रणनीति अपनाएको देखिएको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.