बिहीबार, असार १८,२०८३ 03:43:23
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:43:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हालसम्म ५२ कम्पनीले गरे लाभांश घोषणा, अधिकांशको बुक क्लोज सम्पन्न

Laxmi Sunrise Bank Limited
हालसम्म ५२ कम्पनीले गरे लाभांश घोषणा, अधिकांशको बुक क्लोज सम्पन्न

काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न सुरु गरेका छन् । विशेषगरी सेयरबजारका लागि असोज, कात्तिक र मंसिर यी ३ महिना लाभांश घोषणाको सिजन मानिन्छ ।  

हालसम्म ५२ वटा सूचीकृत कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै हालसम्म ५० भन्दा बढी कम्पनीले आफ्ना सेयरधनीहरुका  लागि लाभांश प्रस्ताव गरेका हुन् ।  

लाभांश घोषणा गर्नेमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था छन् । हालसम्म २९ बैंक तथा वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । जसमा ११ वाणिज्य बैंक, ८ विकास बैंक र अन्य वित्तीय संस्थाहरु रहेका छन् ।

New Office
CG Motors
Garima Development Bank

लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड, सिद्धार्थ, लक्ष्मी सनराइज, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, सिटिजन्स बैंक रहेका छन् भने विकास बैंकहरुमा ग्रीन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट, महालक्ष्मी विकास, मितेरी डेभलपमेन्ट, शाइन रेसुङ्गा, कामना सेवा, मुक्तिनाथ विकास बैंक रहेका छन् ।

साथै फाइनान्स र लघुवित्त संस्थाहरुमा आइसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, लघुवित्त संस्थाहरुमा हिमालयन लघुवित्त, आरएसडीसी, स्वाबलम्बन, आशा, साना किसान विकास, गुराँस लघुवित्त रहेका छन् ।

त्यस्तै, हाइड्रोपावर समूहबाट साहज उर्जा, माउन्टेन इनर्जी, सिकलेस हाइड्रो, भगवती हाइड्रो, मिड–सोलु हाइड्रो, युनिभर्सल पावर, अरुण भ्याली हाइड्रो, सुपर मादी हाइड्रो, सिंगटी हाइड्रो, नेपाल हाइड्रो डेभलोपर्स, बरुण हाइड्रो र ङादी ग्रुप पावर रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उत्पादन तथा प्रशोधन समूहतर्फ घोराही सिमेन्ट, शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, युनिलिभर नेपाल, हिमालयन डिष्टिलरी, नेपाल ल्युब आयल, होटल तथा पर्यटन समूहबाट कालिन्चोक दर्शन लिमिटेड र सोल्टी होटल, लगानी समूहबाट एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, हाथवे इन्भेष्टमेन्ट कम्पनी र अन्य समूहबाट मुक्तिनाथ कृषि कम्पनी रहेको छ ।

सबैभन्दा बढी लाभांश घोषण गर्ने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ । यो कम्पनीले ४० प्रतिशत बोनस सेयर र २.११ प्रतिशत नगद गरी कुल ४२.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

साथै लाभांश घोषणा गरेका ५२ कम्पनीहरुमध्ये अधिकांशको बुकक्लोज भइसकेको छ । बुकक्लोजको मिति तोकिसकेका कम्पनीमा घोराही सिमेन्ट, सांग्रिला डेभलपमेन्ट बैंक र आशा लघुवित्तको बुकक्लोजु हुन बाँकी रहेको छ भने १३ कम्पनीले अझैसम्म बुकक्लोजको मिति तोकेका छैनन् । यसर्थ १६ कम्पनीको सेयर किन्दा अझैपनि लाभांश पाउन सकिनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.