बुधबार, चैत्र २०,२०८१ 02:10:07
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:10:07
IME remit
Global IME Bank Limited

लाभांश घोषणासहित हिमालयन डिष्टिलरीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांश घोषणासहित हिमालयन डिष्टिलरीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन डिष्टिलरीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैठकले आव २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफा समेतबाट कम्पनीको हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  

लाभांश पारित गर्न कम्पनीले साधारण सभा र बुक क्लोजको मिति समेत तय गरेको छ । उक्त बैठकले कम्पनीको २४ औं साधारण सभा पुस २८ गते विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभामा कम्पनीको प्रस्तावित लाभांशका साथै अन्य वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.