काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) प्रगरगरी कुल २०.२६६२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांशमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

