काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैकसमक्ष पेश गर्ने र त्यसपश्चात आगामी साधारण सभाबाट अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।
कम्पनीले आव २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई लाभांशको व्यवस्था गरेको थिएन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।