नेपाल फाइनान्सको ६.३२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ६ लाख कित्ता बढी संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको ६ लाख ३२ हजार ९७१.१८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै कम्पनी तथा व्यक्तिले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रभु क्यापिटलको...

