काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको सञ्चालकमा योगराज कंडेल शर्मा निर्विरोध निर्वाचित भएका छन् । उनी माघ ८ गते सम्पन्न कम्पनीको ३२ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका हुन् ।
शर्मा सर्वसाधारण सेयरधनीहरुको तर्फ (समूह ख) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।