शुक्रबार, आश्विन ३०,२०८३ 06:48:19
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 06:48:19
Bizshala
Global IME Bank Limited

नेपाल फाइनान्स ८.७३ करोड घाटामा, खराब कर्जा अनुपात बढ्यो

Bizshala
नेपाल फाइनान्स ८.७३ करोड घाटामा, खराब कर्जा अनुपात बढ्यो
New Office

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेड खुद ब्याज आम्दानी घटेसँगै घाटामा गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७३ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ४३.६१ प्रतिशतले घटेर भएर ३ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको खुद सञ्चालन आम्दानी ३ करोड २ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै कम्पनीको सञ्चालन नाफा पनि ८ करोड ७३ लाख रुपैयाँले ऋणात्मक बनेको छ। कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी घटेको छ । अघिल्लो आवमा ५६ लाख ६१ हजार रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर ५२ लाख ७१  हजारमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ७ करोड ८४ लाख रुपैयाँ छुट्टाएको छ ।  कम्पनीको वितरणयोग्य मुनाफा ३८ करोड ४२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ३८ करोड ४२ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भमा ४९ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ । यो अवधिसम्म कम्पनीको निक्षेप संकलन ३ अर्ब ८८ करोड रुपैयाँबाट बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

यस्तै कर्जा प्रवाह भने २ अर्ब ४९ करोड रुपैयाँबाट घटेर २ अर्ब ४२ करोडमा खुम्चिएको छ । कम्पनीको खराब कर्जा अनुपात उल्लेख्य बढेको छ । अघिल्लो आवमा १०.४६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १६.७३ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.२६ रुपैयाँ , पीई अनुपात ५५.९४ गुणा ऋणात्मक ,प्रतिसेयर नेटवर्थ १२१.२५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६९१.२७ रुपैयाँ र तरलता अनुपात ५३.३७ प्रतिशत कायम भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.