काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले आवश्यक कागजात प्रमाण संलग्न गरी र खरिद गर्न चाहेको सेयर संख्या खुलाई कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
सेयरको न्यूनतम मूल्य रु.१०० निर्धारण गरिएकाले उक्त मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।