Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

इपीएस जम्मा २४ पैसा, सेयरमूल्य चाहिँ रु. ९०० माथि !

चलखेल गर्नेले कुस्त कमाए, मूल्य घट्न थालेपछि किन्ने नभेटिए सर्वसाधारण के गर्लान ?

Global IME Bank Limited
इपीएस जम्मा २४ पैसा, सेयरमूल्य चाहिँ रु. ९०० माथि !
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय फाइनान्स कम्पनीहरुको सेयरभाउ बढ्दै जाँदा नेपाल फाइनान्सको सेयरभाउ सबैभन्दा उच्च पुगेको छ । यो कम्पनीको सेयरभाउ आज ९२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

कारोबार समय चलिरहँदा यो मूल्यमा पनि २० वटा अर्डरमार्फत करिब ११ लाख कित्ता सेयर माग भएको छ भने बिक्रीकर्तातर्फ शून्य रहेको छ  ।  

कम्पनीको सेयरमा कुल माग भने १५ लाखभन्दा बढी कित्ता रहेको छ । माग र आपूर्तिको हिसाबले यो कम्पनीको सेयर आगामी दिनमा एकहजार रुपैयाँ माथि नै कारोबार हुनसक्ने देखिन्छ । 

Shivam Cement
Sagarmatha Cement

यो कम्पनीको सेयरमूल्य असार महिनाका ६ कारोबार दिनमै ३ सय रुपैयाँलाई बढाइसकिएको छ । असार २ गते ६०२ रुपैयाँ रहेको यो कम्पनीको सेयरभाउ एक सातामा ९०२ रुपैयाँ पुगेको छ ।  

यसरी रकेटको गतिमा मूल्य बढ्नु पछाडिको खास कारण केही छैन । न यो कम्पनीले वित्तीय सूचकहरुमा कुनै चमात्कार गरेको छ न रातारात सेयर किनेर राख्नेहरुलाई मालामाल बनाउने कुनै प्रगति नै । चलखेल गर्ने गिरोहहरुले नियोजित रुपमा यो कम्पनीको सेयरमूल्य उचालेको देखिन्छ ।  

आधारभुत रुपमा हेर्दा कम्पनीको चुक्ता पूँजी करिव ७३ करोड कित्ता रहेको छ । जसमा सर्वसाधरण तर्फ ४० प्रतिशत मात्रै सेयर रहेको छ । बजारमा कम्पनीको ३३ लाख ५५ हजार ७७५ कित्ता सेयर साधारण सेयरको रुपमा सूचीकृत छ । ५० लाख ३३ हजार ६६४ संस्थापक सेयर छन् ।  

पछिल्लो समय लो क्याप र थोरै कित्ता भएका कम्पनीका सेयर चल्दै जाँदा अल्पकालिन कारोबारी पनि यस्ता कम्पनीमा छिरेका हुनसक्ने लगानीकर्ता बताउँछन् । बजारका एक ठूला लगानीकर्ताले भने-'ठूला र उच्च पूँजी भएका कम्पनी चल्दै चल्दैनन् । त्यसैले यस्तो लो क्याप कम्पनीमा लगानीकर्ता लागेका हुनसक्छन् । तर यस्ता कम्पनीमा लगानी गर्दा भने उच्च जोखिम हुन्छ । किनकि यस्ता कम्पनीको सेयरमूल्य घट्न थालेपछि भने किन्ने कोही हुँदैन ।'  

यस कम्पनीको फ्लोर सिट् हेर्दा सोमबार कलश सेक्युरिटिज(स्कट ब्रोकर नम्बर ७४)बाट उच्च खरिद रहेको छ भने इम्पेरियल सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४५)बाट उच्च बिक्री देखिएको छ ।  

कम्पनीको ब्रोकर होल्डिङ नियाल्दा भने ब्रोकर नम्बर ४१(लिञ्च सेक्युरिटिज)मार्फत १ लाख कित्ता  र ब्रोकर नम्बर २२(सिप्रबी  सेक्युरिटिज)मार्फत ८४ हजार कित्ता होल्डिङ रहेको छ ।  

बिक्रीतर्फ नियाल्दा नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८) र डाइनामिक मनी म्यानेजर .स्टक ब्रोकर नम्बर ४४) बाट उच्च बिक्री देखिन्छ ।  

खराब वित्तीय अवस्था

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको यो कम्पनीको वित्तीय विवरण हेर्दा दैनिक पोजिटिभ सर्किट लाग्नुपर्ने खालको परफरमेन्स छैन ।  

७२ करोड ९४ लाख चुक्तापूँजी रहेको यो कम्पनीको तेश्रो त्रैमाससम्मको वितरणयोग्य नाफा २२ करोड १० लाखले नेगेटिभ रहेको छ ।  

खूद नाफा १३ लाख १८ हजार मात्र छ । अघिल्लो वर्षको यही अवधिका कम्पनीको नाफा १ करोड ३ लाख माथि थियो । खूद नाफामै पनि निकै ठूलो पहिरो व्यहोरेको कम्पनीमा खराब कर्जा ९.२४ प्रतिशत रहेको छ ।  

वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) २४ पैसा मात्र छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ हाराहारी छ । पीई अनुपात १८६२ गुणा छ ।  

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा यो कम्पनीको रिजर्भको आकार पनि घटेको देखिन्छ ।  

यी सबै मुख्य वित्तीय सूचकले कम्पनी कति कमजोर अवस्थामा छ भन्ने देखाउँछ । तर, यही कमजोर कम्पनीको सेयर नियोजित रुपमा रकेटको गतिमा उडाइएको छ । गिरोहहरुको यो खेलमा सर्वसाधारण पनि चूपचाप फसिरहेका छन् ।  

यस्ता कमजोर कम्पनीको सेयरमूल्य गिरोहहरुले सेटिङमा बढाइरहँदा बजारको मुख्य नियामक धितोपत्र बोर्ड, फ्रन्ट लाइन रेगुलेटरको काम गर्ने नेप्से वा अन्य कुनै पनि निकायले चासो दिएका छैनन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.