शुक्रबार, श्रावण २९,२०८३ 08:57:29
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:57:29
Bizshala
Global IME Bank Limited

नेपाल फाइनान्सको सेयरमूल्य ९ महिनामा प्रतिकित्ता रु.२ हजारले घट्यो, ५ फाइनान्स शतप्रतिशतले खसे

Prabhu Bank Limited
नेपाल फाइनान्सको सेयरमूल्य ९ महिनामा प्रतिकित्ता रु.२ हजारले घट्यो, ५ फाइनान्स शतप्रतिशतले खसे
New Office

काठमाण्डौ । सेयर बजार कसरी कुनै कम्पनीको सेयरमूल्य उचाईबाट तीव्र रुपमा तल झर्छ भन्ने पछिल्लो उदाहरण बनेको छ, नेपाल फाइनान्स कम्पनी । सेयर बजारमा प्रतिफलका साथै जोखिम पनि उत्तिकै हुन्छ तथ्यलाई यो कम्पनीको सेयरमूल्यले राम्ररी पुष्टि गरेको छ । कुनै बेला यो कम्पनीलाई ‘हट केक’ र ‘नट् फर सेल’ भनेर बजारमा प्रचार गरेको सुनिन्थ्यो । तर यो कम्पनीको सेयरमूल्य छोटो समयमा जसरी बढेको थियो त्यसरी नै खसेको पनि देखिन्छ । बढ्दा पनि ३ महिनामा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६ सय बाट २६ सय माथिसम्म पुगेको थियो ।

CG Motors

गत साउन महिनाको २९ गते यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार ६२६ रुपैयाँसम्म पुगेको थियो । त्यसपछिको ९ महिनामा यो कम्पनीको सेयर मूल्य घटेर आजसम्म आईपुग्दा प्रतिकित्ता ६२५ रुपैयाँ कायम भएको छ । यो भनेको ९ महिनाको अवधिमा लगानीकर्ताले प्रति कित्ता २ हजारले घाटा व्यहोरेका छन् ।  

बजारमा यो कम्पनी एक उदाहरण मात्रै  हो । प्रायः फाइनान्स समूहका कम्पनीको सेयर भाउ घटेर चार भागको एक भागसम्म झरेका छन् । ९ महिनाको  अवधिमा फाइनान्स समूहमा उच्च अंकबाट ७२ प्रतिशतले गिरावट आएको छ । यसबीचमा नेपाल फाइनान्सको सेयरमूल्य मात्रै उच्च मूल्यबाट ३२० प्रतिशतले घटेको छ । 

त्यसैगरि, सबैभन्दा बढी एक सय प्रतिशतभन्दा बढी गिरावट आउनेमा जानकी फाइनान्स १४० प्रतिशत , समृद्धि फाइनान्स १२५ प्रतिशत, गूडविल फाइनान्स १०३ प्रतिशतले घटेका छन् । १५ वटा फाइनान्स कम्पनीहरुमा बाँकी कम्पनीहरुको सेयरमूल्यमा पनि ९ महिनाको अबधिमा ५० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X