मंगलवार, बैशाख १,२०८३ 06:47:15
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 06:47:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल फाइनान्सको नाफा २४२४% ले वृद्धि, रिजर्भको आकार पनि १०.८३% ले बढ्यो

Bizshala
नेपाल फाइनान्सको नाफा २४२४% ले वृद्धि, रिजर्भको आकार पनि १०.८३% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले कमाएको ८ लाख १२ हजारको तुलनामा २ हजार ४२४ प्रतिशतले बढी हो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १२.१५ प्रतिशतले बढेर भएर ५ करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद सञ्चालन आम्दानी ५ करोड ५४ लाखबाट बढेर ८ करोड ९५ लाख पुगेको छ ।  

यस्तै कम्पनीको सञ्चालन नाफा पनि २ करोड ९२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल शुल्क तथा कमिशन आम्दानी घटेको छ । कम्पनीले ५६ लाख ६१ हजार रुपैयाँबराबरको कुल शुल्क तथा सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.७८ प्रतिशतले कम हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ६१ लाख रुपैयाँ छुट्टाएको छ ।  कम्पनीको वितरणयोग्य मुनाफा भने २६ करोड १९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ २६ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भको आकार भने १०.८३ प्रतिशतले बढेर ४८ करोड १३ लाख रुपैयाँबराबर पुगेको छ । यो अवधिसम्म ३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब १३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा १०.५२ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १०.४६ प्रतिशतमा झरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.६२ रुपैयाँ , पीई अनुपात १६३.२२ गुणा ,प्रतिसेयर नेटवर्थ १३७.०७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६६३.०७ रुपैयाँ र तरलता अनुपात ५६.५५ प्रतिशत कायम भएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.