काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले ३२ औं वार्षिक साधारण सभा पुनःडाकेको छ । पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले माघ ८ गते जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने समग्र वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, गत असारसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण (संलग्न अनुसूचीहरु सहित) को छलफल गरी पारित गर्ने ,चालु आवको लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने र यससम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।